मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादीका जितेन्द्र सोनलको दाबी पेस

मधेस प्रदेश – मधेस प्रदेशसभाको दुई ठुलो दल काँग्रेस र एमालेलाई अलग्गै राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज अपराह्न ४ बजेसम्म मुख्यमन्त्री कालागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
प्रदेश प्रमुखले सरकार बनाउनका लागि दाबी पेस गर्न आह्वान गरेपछि काँग्रेस एमाले बाहेकका दलहरू जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्न कालागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको छ ।
सोनललाई यी ५ दलका ५६ प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त भएको छ ।
मधेसमा सरकार निर्माणका लागि १ सय ७ सदस्यीय मधेसको प्रदेशसभामा ५३ प्रदेशसभा सदस्यहरूको समर्थन आवश्यक छ ।
यस अघि काँग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने गरी एमाले र जनमत पार्टीको समर्थनमा सरकार निर्माणका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरिएको थियो । तर जनमत पार्टी काँग्रेस एमाले खेमा छोडेर यो खेमामा आएपछि सोनलको मुख्यमन्त्री बन्ने सम्भावना लगभग पक्का भएको छ ।






प्रतिक्रिया राख्नुहोस्