चितवनको रत्ननगरमा किसान दाना उद्योगमा वाल भत्किँदा तीन जनाको मृत्यु, दुई घाइते

चितवन – चितवनको रत्ननगर नगरपालिका–१२ शान्ति गुञ्ज टोलस्थित किसान दाना उद्योगमा रहेको दाना नं. ४ को वाल (भित्तो) भत्किँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्।

आज बिहान करिब ९:५० बजे वाल भत्किएपछि उद्योगमा कार्यरत पाँच जना कामदारहरू घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो।

उपचारका क्रममा मृत्यु हुनेहरूमा —
१. जिल्ला चितवन, खैरहनी नगरपालिका–२ का ४५ वर्षीय शुकराम दराई,
२. जिल्ला गोरखा स्थायी घर भई हाल रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दमाई, र
३. जिल्ला चितवन, रत्ननगर–१२ का ४५ वर्षीय कमल गुरुङ रहेका छन्।

तीनैजनाको अवस्था गम्भीर रही उपचारका क्रममा क्रमशः बिहान १०:२४ देखि १०:५१ बजेसम्मको बीचमा मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यसैगरी, जिल्ला पर्सा घर भई हाल रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकज प्रसाद थारू घाइते भएका छन्। उनीहरूको हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.