हवाइ भाडा बढी नलिन एअरलाइन्सलाई निगमको चेतावनी

काठमाडौं,श्रावण ०६:नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले चार्टर्ड उडानका दौरानमा कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाइ दिने भनी आफ्नो सम्पर्क नम्वर सहित विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित गरेकोसमेत बुझिएको भन्दै निगमले विज्ञप्तिमार्फत त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्बन्धित सबैलाई सूचीत गरेको छ । यदि निगमको वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट विक्री गरेको प्रमाणित भएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने निगमले जनाएको छ । निगमका उद्धार उडान तालिका र भाडादरसम्बन्धी जानकारी चाहिएमा निगमको निम्न नं ४२४८६१४, ४२४८६२५ मा सम्पर्क गर्नुहुन् तथा निगमको वेबसाइटमा हेर्न हुनसमेत अनुरोध गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.