पुष्प खेतिमा पाल्पाका युवाहरु आकर्षित

पाल्पा-  पहाडी जिल्ला पाल्पामा पछिल्लो समय फूलखेतिबाट मनग्य आम्दानी हुन थालेपछि तिहार लक्षित पुष्पखेतीतर्फ युवाहरु आकर्षित भएका छन ।

यस वर्ष पनि जिल्लाका विभिन्न स्थानमा सयपत्री, गोदावरी, र मखमली फूलखेतीमा युवा किसानको चहलपहल देखिएको छ । माथागढी गाउँपालिका–३ कसेनीका दामोदर घर्तीले एक रोपनी क्षेत्रफलमा फूलखेती गर्दै आउनुभएको छ ।

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका घर्ती स्वदेश फर्किएपछि पछिल्ला पाँच वर्षदेखि निरन्तर व्यवसायिक फूलखेती गर्दै आउनुभएको छ ।

त्यस्तै, तिनाउ गाउँपालिका–२ बगाहका दिनेश जिसी र ऋतु श्रेष्ठ दम्पतीले चार रोपनी क्षेत्रमा दीपावली लक्षित सयपत्री फूलखेती गर्दै आउनुभएको छ ।

राजनितिसँगै कृषि व्यवसायमा सक्रिय यस दम्पतीले यसपटक बजार मागलाई ध्यानमा राख्दै सयपत्रीको उत्पादन बढाउनु भएको छ ।

अहिले घरबाटै एक किलोग्राम सयपत्री फूल चार सय रुपैयाँ र एउटा मालाको मूल्य एक सय बीस रुपैयाँमा बिक्री हुँदै आएको छ । जिल्लाभर अहिले दर्जनभन्दा बढी युवा व्यवसायिक पुष्पखेतीमा आवद्ध छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.