महाकालीको किनारमा विपिनको दाहसंस्कार

महेन्द्रनगर- महाकाली नदीको किनारमा आज विपिन जोशीको दाहसंस्कार गरिएको छ ।
सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो ।
आज बिहान विपिनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए । दुईवर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिनको सोही अवधिमा मृत्यु भएको थियो ।
हमासको आक्रमणमा परी विपिनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका छन् । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरु दुई वर्षअघि इजरायल पुगेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.