प्रधानमन्त्रीसँगको संवादमा नि वर्तमान संसदमा प्रतिनिधित्व गरेका दलहरु सहभागी
संवादमा काँग्रेस,एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी नभइ दोस्रो तहका नेताहरु उपस्थित

काठमाडौँ- प्रधानमन्त्री शुसीला कार्कीले आब्हान गर्नु भएको राजनीति दलसँग चुनावबारे हुने संवादमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दल पनि सहभागी भएका छन् ।
संवादमा काँग्रेस एमाले र माओवाी केन्द्रका शीर्ष नेतानहरु सहभागी नभइ दोस्रो तहका नेताहरुको उपस्थित रहेको छ ।
जहाँ नेपाली काँग्रेसबाट गगन थापा, प्रकाशशरण महत, नेकपा एमालेबाट शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली,माओवादी केन्द्रबाट वर्षमान पुन, पम्फा भुसाल सहभागी हुनु भएको छ । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला उपस्थित हुनु भएको छ ।

त्यसैगरी बैठकमा स्वर्णिम वाग्ले, सोविता गौतम,राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ,उपेन्द्र यादव, प्रकाश अधिकारी,सर्वेन्द्रनाथ शुक्लरेशम चौधरी,प्रेम सुवाल,चन्दन सिंह र पर्यवेक्षकद्वय केदारभक्त माथेमा विद्याधर मल्लिक उपस्थित रहनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसै गरी बैठकमा प्रधानमन्त्री कार्की सहित सरकारका मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल,ऊर्जामन्त्री कुलमान घिसिङ,गृहमन्त्री ओमप्रकाश अर्यालकृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल समेत उपस्थित हुनु हुन्छ ।






प्रतिक्रिया राख्नुहोस्