त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र अमेरिका खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका प्रतिश्पर्धा गर्दैछन ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा अहिले बिहान सवा ११ बजे खेल सुरु हुँदैछ ।

टी-२० विश्वकपमा छनोट प्रतियोगिताको उपाधि नै जितेको नेपाली टोली ओमानबाटै यो सिरिज खेल्नका लागि युएई प्रस्थान गरेको हो ।

नेपालले युएई र अमेरिकासँग २-२ खेल खेल्नेछ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजका लागि नेपाली टीममा सहभागी हुने खेलाडीहरु:

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव,  गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.