केन्द्रीय कारागार नुवाकोट जाने बाटो पुनर्निर्माण

नुवाकोट- केन्द्रीय कारागार नुवाकोट जाने पक्की निर्माण भइरहेको छ । यस वाट आवतजावतमा सुविधा पुगेको छ ।
विदुर नगरपालिका–५ र ६ स्थित लामिबगैचा, बाणाचौतारा हुँदै केन्द्रीय कारागारसम्म जाने सडक पक्की बनाउने कार्य गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत प्राप्त बजेटबाट उक्ते सडकको स्तरोन्नति, ढलान तथा अस्फाल्ट–कालोपत्रे राख्ने कार्य गरिएको हो ।
उक्त सडकको स्तरोन्नतिसँगै केन्द्रीय कारागार नुवाकोट जानका साथै स्थानीयवासी लाई आवागमन सहज हुने र विकासको गति अझ बढ्ने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको भनाई छ । विदुर नपा मात्रै नभई समग्र नुवाकोट पर्यटकीय गन्तव्ययुक्त रहेकोमा यस मोटर बाटोको निर्माणले झनै सुविधा पुग्ने उहाँले बताउनु भयो ।
उक्त सडकको ढलान कार्यको मेयर श्रेष्ठ, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायतका जनप्रतिनिधि तथा प्राविधिहरुले स्थलगत अवलोकन तथा निरीक्षणसमेत गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्