गण्डकी, लुम्बिनी र वागमतीका विभिन्न ठाउँमा हल्का वर्षा जारी

मध्यमस्तरको वर्षा र हिमपात हुन सक्ने भएकोले किसान, पर्यटक र पर्वतारोही सावधान हुन मौसमविदको सुझाउ

काठमाडौँ –अहिले देशैभर साधारतया बादल लागेर विभिन्न ठाउँमा हल्का वर्षा भैरहेको छ ।

लुम्बिनी, गण्डकी, कर्णाली, वागमती र कोशी प्रदेशका उच्च भागमा अहिले हल्का वर्षा भैररहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।

भोलि बिहानसम्म बादल लाग्ने र हल्का तथा मध्यमस्तरको वर्षा हुने उहाले बताउनुभयो ।

गण्डकी र वागमतीका उच्च पहाडी भेगमा हिमपात र छिटपुट तथा मध्यमस्तरको वर्षाको सम्भावना रहेकोले पर्वतारोही, कृषक र पर्यटकहरू सावधान हुनुपर्ने विभागलको भनाइ छ ।

भोलिको लागि मौसममा सुधार भएपनि पर्सिदेखि कोशीलगायतका ठाउँमा वर्षा हुन सक्ने मौसमविद लामिछानेले बताउनभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.