रुकुम पूर्वमा यो वर्षको पहिलो हिमपात

रुकुम पूर्व – लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा यो वर्षको हिउँदको पहिलो हिमपात भएको छ । सोमबार रातिदेखि लगातार परेको वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेपछि डाँडाकाँडा सेताम्मे बनेका छन् ।

जिल्लाका पुथा उत्तर गङ्गा, भूमे र सिस्ने गाउँपालिकाका माथिल्ला बस्तीहरूमा बाक्लो हिउँ परेको छ । सिस्ने गाउँपालिका १ र २ भूमे गाउँपालिका १ र २  पुथा उत्तर गङ्गाको केही वडा बाहेक अधिकांश वडाको हिमाली क्षेत्रमा हिउँले ढाक्न थालेको छ । समुद्री सतहदेखि ३ हजार मिटरभन्दा माथि हिउँ परेपछि चिसो तीव्र रूपमा बढेको छ । भेडी गोठालाहरूलाई पशु चरणमा समस्या भएको छ ।

चरन क्षेत्रमा हिउँले ढाकेको छ । भेडा बाख्रा खर्क बाट हिउँ नपर्ने ठाउँ तिर झारिरहेको पुथा उत्तर गङ्गा १० का भेडा गोठाला विकास बुढामगरले बताउनुभयो । हिमपात सुरु सँगै खेतीपातीका लागि फाइदा पुर्‍याउने हुनाले किसानहरू खुसी देखिन्छन् । बेलैमा माटो भिज्दा हिउँदे अन्नबाली उत्पादनमा सुधार हुने किसानहरूले अपेक्षा गरेका छन् ।

हिउँसँगै हिमाली क्षेत्रका दृश्य झनै मनमोहक बनेका छन् । लुम्बिनी प्रदेशको एक मात्र अग्लो पुथा र सिस्ने हिमाल सहित आसपासका क्षेत्रमा हिउँ हेर्न तथा रमाइलो गर्न आन्तरिक पर्यटक पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.