सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना

सोलुखुम्बु – सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।

लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज हेलिकोप्टर दुर्घटनामा परेको हो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले दुर्घटनामा मानवीय क्षति नभएको बताउनुभयो ।

हेलिकोप्टरमा पाइलटबाहेक यात्रु नरहेको र उहाँको अवस्था सकुशल रहेको प्रहरीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.