निर्वाचनसँगै सुशासन र भ्रष्टाचारीलाई कारवाही मुख्य एजेण्डा हुनुपर्ने जेन-जी प्रतिनिधिहरुको अडान

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गर्नुभएको दलहरुसँगको बैठकमा जेन-जीका प्रतिनिधिहरुले सुशासनको पक्षमा कडा आवाज उठाएका छन ।

उनीहरुले निर्वाचन एउटा महत्वपूर्ण प्रक्रिया भएपनि निर्वाचन मात्र आफ्नो एजेण्डा नभएको भन्दै सुशासनको पक्षमा नयाँ काम गर्न सरकार र दलहरुलाई आग्रह गरेका हुन।

जेन-जी प्रतिनिधिहरुले भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारमा संलग्नहरुलाई कडा कारवाही आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको सरकार-दलहरु- जेनजी त्रिपक्षीय वार्तामा सहभागी जेन-जी प्रतिनिधिहरुले यसरी पहिलो पटक दलहरुकै अगाडि आफ्नो स्पष्ट दृष्टिकोण राखेका हुन ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन  यो त्रिपक्षीय छलफलको आयोजना गर्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.