उत्तरी गोरखा बाट पर्यटक फर्किए

गोरखा – अस्ति रातिदेखि मौसममा आएको परिवर्तन सँगै उत्तरी गोरखाको अधिकांश स्थानमा हिउँ परेको थियो ।
हिजो बिहानबाट हिउँ पर्न रोकिएपछि उत्तरी गोरखाका पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू फर्कन थालेको मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिनु भयो।
उहाँका अनुसार अहिले हिउँ पर्न छाडे लगत्तै धर्मशाला पुगेका पर्यटक साम्दो फर्किएका छन् भने साँम्दोका पर्यटकहरू सामा गाँउबाट तल झर्न थालेका छन् । सामा गाँउमा होटल खाली नभएपछि उनीहरू त्यहाँबाट तल झरेका हुन् ।
सञ्चार सम्पर्क नहुँदा यता स्यालाबाट केही विदेशी पर्यटकको समूह भने सामागाँउ तर्फ गएको पनि उनले जानकारी दिनु भयो ।
सामा गाँउमा अहिले पनि ६ इन्चभन्दा बढी हिउँ जमेको सामा गाउँमा रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाका कर्मचारीले जानकारी दिनु भयो ।






प्रतिक्रिया राख्नुहोस्