कालिगण्डकीमा बेपत्ता बालकको खोजी कार्य तीव्र

स्याङ्जा – स्याङ्जाको कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक बालकको खोजी कार्य तीव्र बनाइएको छ । विगत तीन दिनदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी कार्य जारी राखेका छन्।

गत बुधवार स्याङ्जाको गल्याङ–१ राम्दी स्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा कैलाली लम्की १ का १५ वर्षीय बखन साही र १६ वर्षीय बिराज न्यौपाने नदीमा बगेका थिए । तत्कालै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा बिराज न्यौपानेलाई सकुशल उद्धार गरिए पनि बखन साही बेपत्ता भएका थिए ।

घटनापछि प्रहरीले गोताखोर टोलीको प्रयोग गर्दै नदीको विभिन्न क्षेत्रमा खोजी कार्य तीव्र पारेको छ ।  यद्यपि तेस्रो दिनसम्म पनि बखनको पत्ता लागेको छैन। सुरक्षाकर्मीले खोजी कार्य अझ विस्तार गर्दै नदीको तल्लो क्षेत्रमा समेत पुगेको छ ।

प्रहरीले नदीको बहाव उच्च भएका कारण खोजीमा कठिनाइ भएको जनाएको सशस्त्र प्रहरी नायव उपरीक्षक कुमार तिमलसेनाले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.