राजमार्गका होटलमा खाद्यको अनुगमन, वर्गिकरणमा परे होटल

दाङ-  दाङ जिल्लामा राजमार्ग केन्द्रित होटलहरुको अनुगमन गरिएको छ । बिशेषगरी खाद्य प्रविधि तथा गुणस्तरको दृष्टिकोणले अनुगमन गर्दै होटलहरुको वर्गिकरण समेत गरिएको छ । होटलहरुको वर्गिकरण गर्दै स्टिकर समेत टाँस गरिएको हो । बिहवार लमही क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूको स्वच्छता र गुणस्तर जाँच गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले अनुगमन गरेको छ । अनुगमनपछि कार्यालयले होटलहरूलाई ‘अति उत्तम’, ‘उत्तम’, ‘सन्तोषजनक’ र ‘सामान्य’ गरी चार वर्गमा वर्गीकृत गरेको हो ।

अनुगमनका क्रममा लमही–रातोडाँडास्थित ग्रीन लुम्बिनी होटलले ९० प्रतिशतभन्दा बढी अंक हासिल गर्दै‘अति उत्तम’ वर्गमा स्थान पाएको छ । त्यस्तै भुसाल होटल, मन्त्र होटल र होटल आश्रय प्राली‘उत्तम’ वर्गमा परेका छन् । होटल दियो, न्यु ॐ स्वीट हाउस, होटल ए–वन लभली स्टार, होटल पौवा र भरियाज होटल‘सन्तोषजनक’ वर्गमा परेका छन् भने केजिएफ होटल एन्ड लज‘सामान्य’ वर्गमा सूचीकृत गरिएको छ ।
होटलहरूको खाद्य तथा गुणस्तर मापन स्वच्छता, सेवा र सुरक्षित भोजनका आधारमा गर्ने गरिएको छ । निरीक्षणका क्रममा भान्साको सफाइ, फोहोर व्यवस्थापन, खाना पकाउने तरिका, प्रयोग हुने सामग्रीको म्याद र भण्डारण अवस्था जाँचिन्छ भने कर्मचारीको स्वास्थ्य, व्यक्तिगत सरसफाइ र ग्राहक सेवा पनि मूल्यांकनका सूचक रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.