रौतहट लगायत तराई–मधेसमा हुस्सु र चिसो बढ्दै

रौतहट — आजदेखि रौतहट सहित तराई–मधेसका विभिन्न जिल्लाहरूमा हुस्सु र चिसो बढ्न थालेको छ। बिहानैदेखि बाक्लो हुस्सु छाउने क्रम सुरु भएको छ भने तापक्रम पनि क्रमशः घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बढ्दो हुस्सुका कारण बिहानै देखि सडक तथा राजमार्ग क्षेत्रमा दृश्यता घट्दा सवारी आवागमनमा समेत केही कठिनाइ भएको देखिएको छ। हुस्सुका कारण यात्रु र विद्यार्थीहरूलाई बिहान यात्रा गर्दा समस्या परेको स्थानीयहरूले बताएका छन्।

यससँगै चिसो बढ्न थालेपछि तराईका जनजीवनमा असर पर्न थालेको छ। बिहान–साँझ टहलिन, खेतमा काम गर्न र व्यावसायिक गतिविधि सञ्चालन गर्न कठिनाइ हुन थालेको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म चिसोको प्रभाव अझ बढ्ने अनुमान गरिएको छ।

स्वास्थ्यकर्मीहरूले विशेष गरी बालबालिका, वृद्ध वृद्धा र दीर्घ रोगीहरूले अतिरिक्त सावधानी अपनाउन सुझाव दिएका छन्। उनीहरूले चिसोबाट बच्न तातो कपडा लगाउने, झोलयुक्त खानेकुरा खाने र बिहान बेलुका बाहिर ननिस्कने सल्लाह दिएका छन्।

रौतहटमा आज बिहानैदेखि बाक्लो हुस्सु र ठन्डा हावा चलिरहेका कारण जनजीवन प्रभावित बनेको छ।

स्थानीय प्रशासनले आवश्यकता परे स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.