हिमपहिरोमा परी ३ जनाको मृत्यु, ४ जना घाइते, ८ जना बेपत्ता

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित ना गाउँ र एलुन रिबोको बीचमा हिमपहिरोमा परेर दोलखाको गौरीशंकर-९ को ना गाँउ र एलुङ री क्षेत्रमा तीन जना पर्यटककाे मृत्यु भएको छ ।

हिमपहिरोमा परेर चार घाइते भएका छन् । ८ जान पर्यटक हाल सम्म बेपत्ता छन् ।

आज बिहान नौ बजे ना गाउँबाट ६ हजार ३ सय ३३ मिटर अग्लो डाेल्मा थाङ हिडेका १५ जना मध्ये १०:३० बजे आएको हिउँ पहिरोमा परेर ८ जना बेपता भएको दोलखाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताउनु भयो ।

हिमपहिरोमै परेका सात जना पर्यटक भने सम्पर्कमा आएको डिएसपी महताेले जानकारी दिनुभयो ।

५६ सय मिटर उचाइमा रहेकाे एलाेङ रि माउन्टेन क्षेत्र आसपास हिउँ पहिराे गएकाे ना गाउँका स्थानीय जाेसेफ फुर्वा शेर्पाले जानकारी दिनुभएकाे छ ।

हराइरहेकाहरुको उद्दार हेलिकप्टरबाट गर्ने प्रयास भइरहेको डिएसपी महतोले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.