काठका खावा गाडेर बाँसका तखता र प्लास्टिक ट्याङ्कीको सहायताले लिफ्टिङ खानेपानी

 स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका–८, का स्थानीय बासिन्दा वर्षौँदेखि खानेपानी अभावको समस्यामा परेका छन् । ब्राह्मण र कुमाल समुदाय गरी करिब ४५ घर रहेका यस बस्तीमा  २०७५ सालदेखि लिफ्टिङ खानेपानी आयोजना सुरु भए पनि काम समयमै सम्पन्न हुन नसक्दा खानेपानीको निकै समस्या हुँदै आएको हो ।

खानेपानीको सुविधा अभावमा स्थानीयहरूले हालसम्म काठका खावा गाडेर बाँसका तखता र प्लास्टिक ट्याङ्कीको सहायताले पानी खाने व्यवस्था मिलाएका छन् ।  यसरी अस्थायी रूपमा सञ्चालन गरिएको आयोजनाले बारम्बार पानी बिग्रिरहने गरेको छ ।

चापाकोट नगरपालिकाले तीन पटक गरी जम्मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको भए पनि उपभोक्ता समितिले समयमा काम सम्पन्न गर्न नसक्दा आयोजना अधुरै रहेको छ। सिमेन्टका पिलर राख्नुपर्ने स्थानमा काठका पिलर प्रयोग गरिँदा बेला–बेला भाँचिने र पानी आपूर्तिमा समस्या आउने गरेको स्थानीयहरूले बताएका छन्।

सम्बन्धित निकायले योजना सम्पन्नतामा देखाएको लापरबाहीका कारण बस्तीमा सुरक्षित र स्थायी खानेपानी पाउन अझै अनिश्चितता छ ।  नगरपालिकाले स्थायी संरचना निर्माणका लागि आवश्यक पहल र अनुगमन नगरेसम्म सगुईका बासिन्दा वर्षौँदेखिको यो समस्या झेल्न बाध्य हुने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.