नेताहरूमाथि प्रतिसोध साँधेर चुनाव हुन नसक्ने एमाले उपाध्यक्ष पौडेलको भनाइ

रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले एमाले निर्वाचनबाट नभाग्ने बताउनुभएको छ । चुनावलाई फेस गर्न एमाले सधैँ तयार रहेको तर, सरकारले चुनावको वातावरण नबनाएको उपाध्यक्ष पौडेलले दाबी छ ।
गृह जिल्ला रुपन्देहीमा मङ्गलवार पार्टी जिल्ला कमिटीले आयोजना गरेको विस्तारित बैठकलाई बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले राजनीतिक दल र नेताहरूमाथि प्रतिसोध साँधेर चुनाव हुन नसक्ने स्पष्ट पार्नुभयो । एमाले सधैँभरि जनताको साथमा रहने पार्टी रहेको चर्चा गर्दै नेता पौडेलले सरकारले चुनावको कुरा गर्ने तर वातावरण नबनाउने गरेको बताउनुभयो । धेरै छलफलपछि पार्टीले सरकार चुनाव गराउने मनसायका साथ अगाडि नबढेको निष्कर्ष निकालेको उहाँले भनाइ छ ।
बाइट पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहनुभएका नेता पौडेलले भदौ २३ र २४ मा गरिएको यो तहको षड्यन्त्र सरकारलाई थाहा नभएको बताउनुभयो । उहाँले मुलुकलाई संवैधानिक निकास दिन संसद् पुरस्थापनाको विकल्प नभएको पनि बताउनु भयो ।
एमाले उपाध्यक्ष पौडेल जेनजी आन्दोलनपछि पहिलो पटक मङ्गलवार रुपन्देही आउनु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्