राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम सुरु

धनुषा – सरकारले आर्थिक वर्ष २०८२/८३ अन्तर्गतको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम आजदेखि देशभर सुरु गरेको छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाम–२३, विन्दहीस्थित खोप केन्द्रमा औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिएको हो।
स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार छ महिनाभन्दा माथिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ। सरकारले यस चरणमा ५ वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाखलाई जुकाको औषधी खुवाउने लक्ष्य राखेको छ।
बालबालिकाले दैनिक भोजनबाट आवश्यक भिटामिन प्राप्त गर्न नसक्ने भएकाले, वि.सं. २०५० सालदेखि नेपाल सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्वास्थ्यकर्मी र स्वयंसेवकमार्फत घर–घरमा पुगेर औषधी खुवाउने अभियान आज र भोलि देशभर जारी रहनेछ।





प्रतिक्रिया राख्नुहोस्