रासायनिक मल वितरण प्रणालीलाई अनलाइन संरचनाको विकास गर्न लागेका छौँ: मन्त्री परियार

बारा – कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदनप्रसाद परियारले सरकारी अनुदानको रासायनिक मल वितरण प्रणालीलाई किसान मैत्री बनाउन अनलाइन संरचनाको विकास गर्न लागेको बताउनु भएको छ ।
सरकारी अनुदानको रासायनिक मल किसानसम्म पुग्ने नगरेको विषयमा किसानहरूको कुरा सुनेपछि मन्त्री परियारले न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताउनुभएको हो ।
शुक्रवार र शनिवार बारा र पर्सा निरीक्षणमा आएका मन्त्री परियारले उखु , केरा र माछा किसानका समस्याका विषयमा जानकारी लिन फिल्डमै पुगेका हुन । मन्त्री परियारले परवानीपुर, कोल्हवी, कलैया र निजगढ, फत्तेपुर आफै पुगेर किसानहरुसग छलफल समेत गर्नुभएको छ । शनिवार रातीसम्म किसानहरुसग छलफल गर्नु भएको थियो ।
किसानहरूसँगको छुट्टाछुट्टै भेटघाट कार्यक्रममा उहाँले रासायनिक मल वितरण प्रणालीमा समस्या देखिएकोले वितरण प्रणालीलाई वास्तविक कृषकमैत्री बनाउन अनलाइन संरचनाको विकास गर्न लागेको बताउनुभएको हो।
“सरकारले अनुदानमा उपलब्ध गराएको मल अनलाइन प्रणालीबाट कुन किसानले कति परिमाणको मल प्राप्त गर्नुभयो भन्ने खालको अनलाइन प्रणालीको विकास गर्न जुटेकोले चाडै सञ्चालनमा आउने बताउनु भयो ।
मन्त्री परियारले मल बिक्री वितरण गर्न सहजीकरण गर्ने पालिका र मल वितरणका लागि अनुमति वा ‘डिलर सीप’ प्राप्त गरेका सहकारी संस्था, फर्म वा कम्पनीको बदमासीका कारणले वास्तविक किसानले रासायनिक मल प्राप्त गर्न नसकिरहेको समेत बताउनु भएको थियो ।
उहाँले मल वितरण प्रणालीमा अहिले पहुँचवालाको मनलाग्दी लाई अन्त्य गर्न अनलाइन प्रणालीको विकास गर्न लागेको बताए ।
मन्त्री परियारले सरकारले निकै महँगो मूल्यमा रासायनिक मल खरिद गरेर किसानलाई सस्तो मूल्यमा अनुदानको मल उपलब्ध गराउँदै आइरहेको दाबी गरे । सरकारले प्रत्येक वर्ष साढे चार लाख मेट्रिक टनदेखि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्दै आइरहे बताउनु भएको छ । मन्त्री परियारले विगतका वर्षमा जस्तो यो वर्ष रासायनिक मलको हाहाकार नहुने दाबी गरे ।
कृषि मन्त्री परियारले उखु किसानको विगतमा प्रतिक्विन्टल रु ७० दिँदै आएको अनुदानलाई निरन्तरता दिनका लागि मन्त्री परिषद्मा लगिसकेको जानकारी दिनु भएको छ ।
कृषि अनुसन्धान निर्देशनालय परानीपुरका प्रमुख विश्वेश्वरप्रसाद यादवले निर्देशनालयले लाइफ स्टकअन्तर्गत भैँसी पालन गर्न थालेको बताए । “यहाँ कृषि क्षेत्रसँग भएका नवीनतम अभ्यासको काम गर्दै आइरहेको छ । सरकारले कृषि अध्ययन अनुसन्धान र यान्त्रिकीकरणमा आवश्यक सहयोगको आवश्यकता रहेको बताउनु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्