रैथाने कोदो खेती लोप हुँदै जाने क्रममा

धादिङ –  ग्रामीण भेकमा गरिने कोदो खेती धादिङमा यस वर्ष खासै राम्रो नभएको किसानहरूको भनाइ छ । अहिले किसानहरूको कोदो बाली टिप्ने बेला भइसकेको छ । गाउँघरतिर कोदो टिप्न किसानहरूलाई निकै चटारो परेको छ ।

 कोदो सोचे जस्तो राम्रो नफल्दा भने किसानहरू उत्पादन घट्ने चिन्तामा छन् ।  निकै उपयोगी र पोसिलो खाद्यान्न बालीको रूपमा लिइने कोदोको खेती गर्ने किसानहरू हरेक वर्ष घट्दो छ ।
 सरकारले कोदो उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरू गर्ने गरेको भए पनि खासै प्रभावकारी हुन नसक्दा हरेक वर्ष कोदो उत्पादन घट्ने गरेको हो ।
 मौसममा आएको सुधारसँगै राम्रो धाम लागे पछि किसानहरूलाई कोदो टिप्ने चटारो परेको हो । हरेक वर्ष कोदो खेती गर्ने जमिनको क्षेत्रफलमा कमी आएकोले उत्पादन घट्दै गएको एक सर्वेक्षणले देखाएको छ ।
 पहिले पहिले रोग किराको सङ्क्रमण नहुने यस खेतीमा आजकाल रोग र किराको प्रकोप पनि बढ्न थालेको छ । माटोमा विभिन्न प्रकारका रासायनिक मलको प्रयोगका कारण रोग किराको प्रकोप बढेको हो ।
 यस वर्ष पनि कोदो बालीमा विभिन्न प्रकारकार रोग किराको प्रकोप देखा परेको कारण उत्पादन झनै खस्कँदो रहेको भनाइ किसानहरूको छ ।
कोदो बाली अन्य बाली भन्दा खेती गर्न पनि सजिलो र रोग किराको सङ्क्रमण समेत कम लाग्ने बालीको रूपमा चिनिन्छ । पाखो बारीमा पानी नलाग्ने स्थानमा पनि यसको खेती हुने गर्दछ । कोदोबाट बनेको परिकार खाना र खाजाको रूपमा प्रयोग गरिन्छ ।
 धादिङमा कोदो उत्पादन वार्षिक रूपमा कति हुन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि जिल्लाभर यस वर्ष आठ हजार हेक्टर भन्दा धेरै जमिनमा कोदो खेती गरिएको कृषि विकास कार्यालय धादिङले जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.