सर्केगाडमा ढुंगा खसेर कर्णाली करिडोर अन्तर्गतको सडक खण्ड अबरुद्ध

हुम्ला- कर्णाली करिडोर अन्तर्गत पर्ने  ज्ञाने ओढारको ढुंगा फुटेर सडकमा खस्दा सडक अवरुद्ध भएकाे छ।

सर्केगाड गाउँपालिका-१ काे ज्ञाने ओढारकाे ढुंगा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएकाे हाे।

सडक अवरुद्ध भएपछि हुम्ला-सुर्खेत- नेपालगन्ज आउजाउ बन्द भएकाे अस्थायी प्रहरी पाेष्ट तुम्चले जनाएको छ।

आज दिउँसोदेखि नै सडक खण्ड अवरुद्ध भएको अस्थायी प्रहरी पाेष्ट तुम्चका प्रहरी सहायक निरिक्षक जंगबहादुर थापाले बताए ।

ठुला ढुंगाहरू खसेकाले पन्छाउन कठिन भएको प्रहरीको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.