मतदान स्थल सिफारिस अघि सुरक्षा समितिले स्थलगत अनुगमन गर्ने

लमजुङ-  आगामी फागुनमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि लमजुङमा कायम हुने मतदान स्थलका विषयमा सुरक्षा समितिले स्थलगत अनुगमन गर्ने भएको छ । मतदान स्थल तथा केन्द्र सम्बन्धित स्थानिय तहको सिफारिस पश्चात आईतबार भएको सरोकारवालाहरु विचको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला निर्वाचन कार्यालयले फागुन २१ मा हुने प्रतिनिधी सभा निर्वाचनका लागि जिल्लाका सवै स्थानिय तहको सिफारिस पश्चात सम्भावित मतदानस्थलको बारेमा दोश्रो चरणको छलफल भएको हो ।

प्रमूख जिल्ला अधिकारी डा टोकराज पाण्डेको अध्यक्षतामा स्थानिय तह प्रमूखहरु, जिल्लास्थित राजनितिक दलका प्रमूख एवं प्रतिनिधीहरु र सुरक्षा निकायका प्रमूखहरु विच छलफल भएको हो । बैठकले यसअघि स्थानिय तहबाट सिफारिस भई आएका मतदान स्थल तथा केन्द्रका विषयमा छलफल गरी सुरक्षा व्यस्थापन, भौगोलिक सहजता लगायतका विषयमा स्थलगत अध्ययन गरी सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि पहिलो चरणमा भएको बैठकले केन्द्रिय निर्वाचन आयोगको कार्यविधी अनुसार मतदान स्थल सिफारिसका लागि प्रत्येक स्थानिय तहका वडाहरुलाई अनुरोध गर्ने र पुनः सिफारिस समितिले अनुमोदन गरी सिफारिस गर्ने निर्णय गरेको थियो । सो अनुरोध बमोजिम जिल्लाका तीन स्थानिय तहबाट मतदाताको सहजताको लागि तीन स्थानमा मतदान स्थल थप गर्न अनुरोध आएको थियो ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार दोर्दी गाउँपालिका–२, मस्र्याङदी गाउँपालिका–३, र बेसीशहर नगरपालिका–१० मा भौगोलिक विकटताका कारण मतदातालाई समस्या भएको भन्दै मतदान स्थल थप गर्न आग्रह भएको छ । स्थानिय तहको सिफारिस र सम्बन्धित सरोकारवालासँगको छलफल पश्चात सुरक्षा चूनौति र अन्य व्यवस्थापनका लागि स्थलगत निर्णय गरी पुनः छलफल गरेर सिफारिस गर्ने निर्णय भएको हो ।

यसअघि साविक कायम रहेको मतदान स्थललाई आधार मानी मतदान स्थलको नाम र ठेगनामा रहेको त्रुटि सच्याउनु पर्ने वा नयाँ मतदान स्थल थप्नुपर्ने वा साविकमा रहेको मतदान स्थल हटाउनु पर्ने वा गाभ्नुपर्ने भएमा कार्यविधिको अधिनमा रहि सम्बन्धित स्थानीय तह, दल र अन्य सरोकारवालासँग समन्वय गरी निर्णय सहितको सिफारिस पठाउन वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई अनुरोध गरेको थियो ।

बैठकमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ मा व्यवस्था भएका मतदान स्थल तथा मतदान केन्द्र निर्धारणका आधार तथा मापदण्ड र वडा बाट प्राप्त सिफारिसका सम्बन्धमा निर्वाचन कार्यालयका प्रमूख यादवराज आचार्यले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.