प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता माघ ६ गते

काठमाडौँ –  आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने भएको छ।

तोकिएको निर्वाचन कार्यतालिकाअनुसार सोही दिन आवश्यक कागजातसहित मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालना गर्दै निर्धारित स्थानबाटै मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।

आगामी दिनमा निर्वाचन अभियान, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारण लगायतका कार्यक्रम क्रमशः अघि बढाइने आयोगले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.