मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा ७ दलीय गठबन्धनको धर्ना आज पनि जारी

 धनुषा –  सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ दलीय गठबन्धनले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा आफ्नो आन्दोलनको कार्यक्रमलाई जारी राखेको छ ।

मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदै छ । यता ७ दलले मङ्गलवार ९औँ दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् ।

धर्नामा बस्नु भएका जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक सङ्कटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इशारामा अस्थिरता निम्तिएको आरोप लगाउनु भयो । उहाँले आफूहरू मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ नै आन्दोलनका कार्यक्रमहरू ९र्औँ  दिन पनि जारी राखेको बताउनु भयो ।

मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मधेसमा आन्दोलन थालेको हो ।

नवौँ दिन मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.