पवित्र पाशुपत क्षेत्रलगायत देशभरका शिवालयहरुमा शतबीज छर्नेहरुको घुइँचो

काठमाडौँ- आज बालाचतुर्दशीको दिन पितृउद्धारको कामना गर्दै देशभरका शिवालय र शिवमन्दिरहरुमा शतबीज छर्नेहरुको घुइँचो लागेको छ।

काठमाडौँको पवित्र पाशुपत क्षेत्रमा हिजो साँझदेखि नै जाग्राम बसेर आज विहान शतबीज छर्नेहरुको घुइँचो लागेको हो ।

यसैगरी, देवघाटमा पनि शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् ।

देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् ।

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताउनुभयो ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.