कैलालीमा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कैलाली – कैलालीमा प्रहरीले एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले मङ्गलवार विभिन्न स्थानबाट ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) राजकुमार सिंहले बताउनुभयो।
उहाँकाअनुसार लागू औषध दुर्व्यसनी, कुटपिट लगायतका विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेकाहरूलाई पक्राउ गरिएको हो । सबैभन्दा इलाका प्रहरी माला खेती २२ जनालाई पक्राउ गरेको सिंहले बताउनुभयो । उहाँकाअनुसार धनगढीबाट ८ जना, भजनीबाट ५ जना, टीकापुरबाट ४ जना र बौनियाबाट ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरू मङ्गलवार मातहतकै कार्यालयमा राखिएकोले विस्तृत विवरण सङ्कलन गर्न बाँकी छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिनेछ ।
पक्राउ परेका फरार प्रतिवादीमा जेनजी आन्दोलनमा कारागारबाट भागेकाहरू भने नरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्