कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं –  पटकपटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको हो ।

असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्दै सहमति खोज्ने प्रयास भइरहेको छ ।

चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच मतभेद हुँदा केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.