धनकुटाको पाख्रिबास भैसेमा आज बिहान भएको हायस दुर्घटनामा १ जनाको मृत्यु , १४ जना घाइते

धनकुटा – धनकुटाको पाख्रिबासमा आज बिहान यात्रुबाहक हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी १४ जना घाइते भएका छन् । दुर्घटना मध्यपहाडी लोकमार्ग अन्तर्गत पाख्रिबास नगरपालिका-५ भैसेमा भएको हो ।
काठमाडौंबाट संखुवासभाको खाँदबारीतर्फ जाँदै गरेको सप्तकोशी हायस अनियन्त्रित भई करिब ६० देखि ७० मिटर तल खसेको हो । दुर्घटनामा संखुवासभा सभापोखरी-२ की ८२ वर्षीया सावित्रा कालाखेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक दीपेन्द्र बुढाथोकी र खाँदबारी-७ का रत्नबहादुर विक गम्भीर घाइते भएका छन् । उनीहरुलाई प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्