जेन्जी समूह र जिल्ला प्रशासन कार्यालय बाराबीच आज वार्ता हुदैँ

बारा – जेन्जी समूह र जिल्ला प्रशासन कार्यालय बाराबीच आज वार्ता हुने भएको छ ।

आजको वार्तामा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ र सरकारका खेलकुद मन्त्री बब्लु गुप्ता समेत सहभागी हुनुहुने जेन्जी समूह जितपुर सिमराका नगर अध्यक्ष राज थापाले बताउनुभएको छ । जेन्जी समूहको शान्तिपूर्ण आन्दोलनमा कुटपिट र आक्रमण गर्ने सबैलाई पक्राउ गर्न जेनजी समूहले माग गरेको छ ।

वार्ता र आन्दोलन सँगसँगै अगाडि बढाउने नगर अध्यक्ष राज थापाले बताउनु भएको हो । वार्ताको पहिलो सर्त अरविन्द साह पक्राउको माग राख्दै आएका उनीहरूले अरविन्द पक्राउ परेसँगै आज ११ बजेदेखि वार्ता गर्ने जनाएका छन् ।

झडपपछि इलाका प्रहरी कार्यालय सिमरामा दर्ता गरिएको किटानी जाहेरीमा जेन्जी समूह बाराका अध्यक्ष सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा आक्रमण गरेको उल्लेख गरेका छन् । किटानी जाहेरीमा परेकामध्ये पाँच जना अझै पक्राउ परेका छैनन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.