माधव नेपाललाई अध्यक्षमा चयन गरेको प्रचण्ड-नेपाल समूहको घोषणा
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ ।
बबरमहलमा मंगलबार बसेको बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको अध्यक्षतामा मंगलबार नै बसेको बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरको थियो ।
बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय अनुमोदन गरेको छ । यसैगरी नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीको अनुशासनको कारबाही फुकुवा गर्दै जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ ।
नेकपा प्रचण्ड समूहको बैठक पर्सी पुनः बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्