औषधिले मोटाेपन घट्दैन:विश्व स्वास्थ्य संगठन

अस्वस्थकर खानेकुराको प्रचार नियन्त्रण गर्न सरकारलाई सुझाव

काठमाडौँ – विश्व स्वास्थ्य संगठनले मोटोपन र मधुमेह नियन्त्रणका लागि विकसित भइरहेका नयाँ औषधिहरूले विश्वव्यापी मोटोपन महामारीको दिशा परिवर्तन गर्न सक्ने सम्भावना रहेपनि औषधिले मात्र मोटोपन नघट्ने स्पष्ट पारेको छ ।

संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले मोटोपनलाई वर्तमान समयको सबैभन्दा गम्भीर सार्वजनिक चुनौती भन्दै औषधि मात्रले मोटोपनको संकट समाधान गर्न नसक्ने बताउनुभएको हो ।

मोटोपनले हृदय रोग, मधुमेह, क्यान्सर जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउँछ र यसले स्वास्थ्य प्रणालीमा ठूलो आर्थिक बोझ थपेको छ । सामाजिक रूपमा पनि मोटोपनले भेदभाव, उत्पादकत्वमा कमी र असमानता बढाएको छ ।

हाल विश्वमा करिब एक अर्बभन्दा बढी मानिस मोटोपनबाट प्रभावित छन् । नयाँ औषधिहरू, विशेषगरी मधुमेहका लागि विकसित GLP-1 औषधिहरूले भोक नियन्त्रण र तौल घटाउन मद्दत गर्ने देखिएको छ । तर यी औषधि महँगो भएकाले निम्न तथा मध्यम आय भएका देशमा नगण्य पहुँच रहेको छ ।

औषधिलाई पूरक उपायको रूपमा प्रयोग गर्नुपर्ने र जीवनशैली सुधार, स्वस्थ खानेकुरा, शारीरिक गतिविधि र नीतिगत कदम अनिवार्य हुने बताएको संगठनले बताएको छ ।

सरकारलाई अस्वस्थकर खानेकुराको प्रचार नियन्त्रण गर्न, बालबालिकाको पोषणमा प्रारम्भिक हस्तक्षेप गर्न र औषधि सबैलाई पहुँचयोग्य बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.