घाइतेको हेलिकोप्टरबाट उद्धार

रुकुम पूर्व- रुकुम पूर्वमा आज एकजना बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्लाको सिस्ने गाउँपालिका ३ नम्बर वडा पोखरा बस्ने लोकेन्द्र केसीको छोरा करिब ७ वर्षीय प्रतुस केसी आफ्नै घरको बार्दलीमा खेल्ने क्रममा करिब ७ फिट माथिबाट खसेर घाइते भएका थिए ।
उपचारको लागि जिल्ला अस्पतालमा ल्याई प्राथमिक उपचार गरेर थप उपचारको लागि नेपाली सेनाको (NA066) हेलिकप्टरबाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइतेको दाहिने खुट्टाको घुडा माथिको हड्डी भच्चिएको थियो । बिरामीको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्