भारतीय ठूला नोट नेपालमा चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कको अनुमति

काठमाडौँ – नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठूला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ ।
सन् २०१६ नोभेम्बरमा भारतले ठूला नोटमा नोटबन्दी गरेसँगै नेपालमा पनि एक सय रुपियाँभन्दा ठुला नोट प्रतिबन्ध लागेको थियो । भारतीय रिजर्भ बैङ्कले त्यहाँको राजपत्रमा सूचना प्रकाशन गर्दै नेपाल र भुटानमा एकभन्दा ठूला दरका भारतीय नोट प्रचलनमा ल्याउन पाउने जनाएको छ ।
सूचना अनुसार अब नेपाली तथा भारतीय नागरिक नेपाल–भारत आवतजावत गर्दा २५ हजार भारुसम्म नगदै एक सयभन्दा ठूला नोट ल्याउन लैजान पाउने छन् ।।






प्रतिक्रिया राख्नुहोस्