निर्वाचन सुरक्षा विषयमा मुख्य राजनीतिक दलहरुसँगको संवादमा प्रधानमन्त्री कार्की

बैठकमा निर्वाचन आयोगका पदाधिकारी र ४ वटै सुरक्षा निकाय प्रमुख सहभागी

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनु भएको मुख्य पाँच दलसहित निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग संयुक्त बैठक सुरु भएको छ ।

बालुवाटारमा जारी बैठकमा विशेष षरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी शान्ति शुरक्षाको शुनिश्चतता विषयमा छलफल भइरहेको बताइएको छ ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्छ ।

बैठकमा नेपाली काँग्रेसका तर्फबाट गगन थापा, पुष्पा भुसाल  एमालेका शंकर पोखरेल, महेश बर्तौला, नेकपा बाट शक्ति बस्नेत, प्रकाश ज्वाला,रास्वपाबाट शिशिर खनाल, सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ, भुवन पाठक,जसपाबाट प्रकाश अधिकारी र जनमतपार्टीबाट नरेन्द्र चौधरीलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

छलफलमा निर्वाचन आयोगका प्रतिनिधिले आयोगले निर्वाचनबारे भएको तयारी तथा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराइरहनु भएको सचिवालयले जनाएको छ ।

आगामी निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरूले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.