सिराहा–दहिपौडीमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर

४६० जनाले प्राप्त गरे निःशुल्क उपचार

सिराहा — नेपाली सेनाको श्री नं। २७ वाहिनी अड्डाको समन्वय, विभिन्न स्वास्थ्य संस्थाहरूको व्यापक सहकार्य तथा स्थानीय समुदायको सक्रिय उपस्थितिमाझ सिराहा जिल्ला, सुखिपुर नगरपालिका–१० दहिपौडीस्थित श्री जनता माध्यमिक विद्यालयमा सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ।

शिविर श्री मध्य पूर्वी पृतनापतिद्वारा जारी ‘कमान्ड मार्ग निर्देशन’ अन्तर्गत सैनिक–नागरिक मैत्री सम्बन्ध सुदृढ गर्न र दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित गरिएको थियो। शिविरको नेतृत्व गणका व्य.नं ४६२१ प्र.से. समीर श्रेष्ठले गर्नु भएको थियो।

स्वास्थ्य शिविरबाट ४६० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नु भयो।
शिविरमा प्रदान गरिएका प्रमुख सेवाहरू—
आँखा जाँच तथा उपचार
दन्त सेवा
छाला तथा General OPD
महिला तथा प्रसूति स्वास्थ्य सेवा
रक्तदान कार्यक्रम
सर्प दंश, शीत लहर, आगलागी तथा दैविक प्रकोपबारे सचेतनामूलक प्रशिक्षण
स्थानीय वासीहरूले दुर्गम क्षेत्रमा सेना–नागरिक सहकार्यमार्फत यस्तो सेवा उपलब्ध गराएकोमा उच्च प्रशंसा व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.