हेटौँडा उपमहानगरपालिकाको नौ बुँदे पुनर्स्थापना सहजीकरण कार्यक्रम

मकवानपुर –  हेटौंडाको २५ गज राजमार्ग विस्तारबाट प्रभावित भएका घरधनी तथा व्यवसायीका लागि हेटौंडा उपमहानगरपालिकाले नौ बुँदे पुर्नस्थापना सहजीकरण कार्यक्रम सार्वजनिक गरेको छ । सडक विस्तारका कारण जग्गा पूर्णरूपमा सडक क्षेत्रमा परेर अन्यत्र आफ्नै घर–जग्गा नभएका पीडितकोनौ बुँदे पुर्नस्थापना सहजीकरण कार्यक्रम सार्वजनिक निर्णय उपमहानगरपालिकाले गरेको छ । यसका लागि वडा कार्यालय मार्फत् वास्तविक पीडितको विवरण संकलन गरी आवास व्यवस्थापनमा सहजीकरण गरिने छ ।

आइतबार बसेको नगर कार्यपालिकाको ७६ औँ बैठकले सडक विस्तारपछि उत्पन्न परिस्थितिलाई व्यवस्थित गर्दै प्रभावितलाई थप सहज बनाउन विविध राहत तथा सहुलियतसम्बन्धी व्यवस्था अघि सारेको छ । बैठक अनुसार, घर भत्किएका घरधनीलाई सहुलियतपूर्ण ब्याजदरमा आवास निर्माण ऋण उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।

त्यस्तै, विस्तारका कारण व्यवसाय बन्द भई विस्थापित भएका व्यापारीहरूको लगत संकलन गरी व्यवसाय कर छुट दिने प्रस्ताव नगरसभामा पेस गरिने उपमहानगरपालिकाले जनाएको छ । नयाँ घर बनाउने प्रभावितका लागि २ हजार वर्गफिटसम्म नक्सापास दस्तुर छुट दिनका लागि नगर सभामा पेश गर्ने निर्णय गरिएको छ ।

प्रभावितलाई समयमै घर पुनर्निर्माण सुरु गनेृ कार्यलाई सहज बनाउन ‘फास्ट ट्र्याक’ प्रक्रिया मार्फत प्राविधिक सहयोग सहित नक्सापास सेवा उपलब्ध गराइने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

निर्माण सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन आपूर्तिकर्तासँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी, हेटौंडा हुँदै जाने त्रिभुवन राजपथलाई ‘पर्यटकीय राजमार्ग’ का रूपमा विकास गर्न संघीय सरकारलाई अनुरोध गर्ने, सडक विस्तार भएको क्षेत्रमा सहरको पहिचान झल्किने एकरूपका भवन मोडेल तयार गरी कार्यान्वयनमा लैजाने र सडक बिस्तारबाट प्रभावितहरुको व्यवसाय निरन्तरताको लागि उद्योग–वाणिज्य संघ तथा सरोकारवालाहरूसँग निरन्तर छलफल गरी बजार सेवा निरनतर गर्नका लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.