आफ्नो मागप्रति चासो राखेको भन्दै प्रसाईंले गरे सरकारको प्रशंसा

काठमाडौं–  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारले आफ्ना मागहरु सुनुवाइ गर्न सुरु गरेको बताउनु भएको छ ।

आफूहरुले उठाउका जनजीविकाका विषय सुनुवाइ गरेको भन्दै प्रसाईंले सरकारलाई धन्यवाद पनि दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आज भएको बार्तामा अभियानले राखेका २७ बुँदे मागका सम्बन्धमा बुँदागत रुपमा छलफल भएको प्रसाईंले बताउनु भयो ।

प्रधानमन्त्री सुशीला  कार्कीले आफ्ना मागहरुलाई जनजीविका सम्बन्धित मागको रुपमा लिएको भन्दै पुस २ गतेसम्म कुनै निर्णयमा सरकार पुग्ने आश्वासन पाएको बैठकपछि प्रसाईंले संचारकर्मीलाई जानकारी दिनुभयो ।

अभियानले उठाउँदै आएको माग पुरा गरेर निर्वाचन गर्न उपयुक्त हुने सुझाब आफूले दिएको प्रसाईंको भनाइ थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.