दुुप्चेश्वरमा बढ्दै भक्तजन
–एकै दिन पौने दुई लाख भेटी स.कलन

नुवाकोट- देवताहरूको पनि देवता भगवान् शिवको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा भक्तजनहरूको आगमन दैनिक रूपमा बढिरहेको छ । दुप्चेश्वरमा विशेष पूजा आराधना गर्ने भक्तजनहरू निकै बढिरहेका छन् ।
पशुपतिनाथको पर्यायको रूपमा रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा सोमवार हजारौँ भक्तजनहरूले पूजापाठ तथा दर्शन गरेका छन् । प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रूपमा विकसित भइरहेको छ ।
दुप्चेश्वर धाममा पछिल्लो समय दैनिक हजारौँ भक्तजनहरू पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ । हजारौँ भक्तजनहरूले एकै दिन लाखौँ रुपैयाँ भेटी चढाउँदै आएका छन् ।
उक्त स्थानमा पुग्न नुवाकोटको विदुरबाट यातायातमा डेढ घण्टा र काठमाडौँवाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरू आउने क्रममा बढोत्तरी भएसँगै भेटी सङ्कलन कार्य पनि बढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शङ्करबहादुर थापाको भनाई छ ।
दुप्चेश्वर धाममा छिमेकी मुलुक भारत वाटसमेत तीर्थालु आउने गरेका छन् । दुप्चेश्वरमा मङ्सिरको चौथो सोमबार एक लाख ७६ हजार सात सय ६० रुपैयाँ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सङ्कलित भेटीमध्ये मन्दिरमा सन्ध्या आरतीको ७२ हजार नौ सय ५० रुपैयाँ र क्युआर कोडमार्फत ६ हजार दुई सय रुपैयाँ भेटी सङ्कलन भएको छ ।
दुप्चेश्वर धाममा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रूपमा गणना गर्ने कार्य भइरहेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती बढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्र टार क्रियाशील रहेको छ ।
दुप्चेश्वर धाममा दर्शन गर्नका लागि आउने श्रद्धालु भक्तजनहरू मध्ये अपांगता भएका तथा ज्येष्ठ नागरिकहरूको लागि सहज र सुरक्षित रूपमा विशेष वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा बाह्य भक्तजनहरुको समेत आगमन भइरहेको छ ।
नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रूपमा हजारौँ भक्तजनहरू आउने क्रमसमेत बढिरहेको पुजारी भगवान हरि धितालको भनाई छ । पशुपतिनाथको पर्यायको रूपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको पहुँच र सहजतासँगै भक्तजनहरू आउने क्रमसमेत बढिरहेको दुप्चेश्वर गापाकी उपाध्यक्ष माकुरी तामाङको भनाई छ ।
आकर्षक करेजुङ पहराको शीतल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाइको दूध तथा पशु चौपायाको दाम्लो चढाउनेसमेत गर्दछन् । सो मन्दिरमा काठमाडौँ तथा सदरमुकाम विदुरदेखि यातायातको सहजता रहेको छ ।
दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा सोमवार मात्र एकै दिन पांचहजार भक्तजनले दुप्चेश्वरको दर्शन र पूजाआजा गरेका छन् । दुप्चेश्वर धाममा दर्शन गर्नेहरूको घुइँचो अपराह्नसम्म नै लागेको थियो ।
दुप्चेश्वरमा भक्तजनहरू बढेका कारण भेटी सङ्कलन पनि बढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । यातायात र सुलभ बाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।
प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौँबाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा बौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् । भीड बढेका कारण दुप्चेश्वरमा लामो समयसम्म मन्दिर दर्शन गर्नका लागि भक्तजनहरू लाइन लागेको थियो ।
दुप्चेश्वरमा आएकाहरूलाई पूजाआजा र महादेवको शिला दर्शनमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले, नजिकैको भजन मण्डलीमार्फत वैकल्पिक मार्ग प्रयोगको अनुमति तथा सहजीकरणको व्यवस्था गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको थियो । उक्त व्यवस्थामार्फत सबै वर्ग र अवस्था भएका भक्तजनले दुप्चेश्वर महादेवको दर्शन गर्न सकुन् भन्ने उद्देश्य रहेको दुप्चेश्वर गापाका कर्मचारी भूपेन्द्र केसीको भनाई छ ।
दुप्चेश्वर धाम जान सर्वसाधारणले गाडी रिजर्भ गर्नुका साथै निजी गाडी र मोटरसाइकलमा समेत पुग्ने गरेका छन् । हिन्दु र वौद्धमार्गीहरु दुप्चेश्वर धाम पुग्दै आएका छन् ।
मङ्सिर महिनामा खेतीपातीको काम र चाडपर्व सकिएकाले पनि मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या वृद्धि भएको कोषले जनाएको छ । पछिल्लो समय काठमाडौँसहित नुवाकोट, रसुवा, धादिङ, काभ्रे, चितवनसहित अन्य स्थानबाट सहज रूपमा सवारीसाधनमा मन्दिरसम्म नै जान पाइने भएकाले दर्शनार्थी बढिरहेका हुन् ।






प्रतिक्रिया राख्नुहोस्