फाेहर व्यवस्थापन केन्द्रमा आगलागी, कारण खाेज्दै प्रहरी

दाङ-राप्ती-२ पुन्यपुरमा रहेकाे फाेहर व्यवस्थापन केन्द्रमा आगलागी भएको छ ।
राप्ती गाउँपालिकाले यहाँ फाेहर व्यवस्थापन गर्दै आएको थियाे । पछिल्लो समय फाेहर व्यवस्थापनमा स्थानीयहरुले अवराेध गर्दै आएका थिए । जसकाे कारणले गर्दा विवाद चुलिदाे थियाे ।
व्यवस्थित रुपमा फाेहर व्यवस्थापन नगरेकाे स्थानीयकाे आराेप थियाे । वार्ता बाट निकास निकाल्न प्रयास थालिएको थियाे र केही हद सम्म सहमतिकाे वातावरण बनेकाे थियाे ।
फाेहर व्यवस्थापन केन्द्रमा भएको आगाेलागी नियन्त्रणका लिने काम भइरहेकाे इलाका प्रहरी कार्यालय भालबाङ्गका प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयाे ।






प्रतिक्रिया राख्नुहोस्