भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस भएपछि अनलाइन कक्षा शुरु
सवारी चाप घटाएर घरबाटै काम गर्ने प्रणाली लागू

एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा संचालन गर्न निर्देशन दिइएको छ ।
वायु प्रदुषणको अवस्था अत्यत्य खतरनाक भएकाले हिजो दिल्ली शिक्षा निर्देशनालयले नियमित भौतिक कक्षाको विकल्प खोजेको हो । गत नोभेम्बर ११ मा प्रदुषणको उच्चतम अवस्था एक्युआइ ४ सय २८ रहेकोमा हिजो शनिबार त्यसलाई पनि पार गर्दै एक्युआइ ४ सय ३१ पुगेको छ ।
हिउँद याम शुरु भएदेखि नै दिल्लीमा प्रदुषण उच्च हुने गरेको छ । ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । प्रदुषण कम गर्न सवारी साधनको संख्या घटाउने उद्देश्यले निजी कार्यालयहरुलाई पनि प्रविधिको प्रयोग गर्दै सकेसम्म घरबाटै काम गराउन निर्देशन दिइएको हो ।।





प्रतिक्रिया राख्नुहोस्