अस्पताल निमार्णको काम अधुरै 

 स्याङ्जा  – स्याङ्जाको गल्याङ–१ मालुङ्गा टुनिवोटमा निर्माण भइरहेको १५ बेडको अस्पताल दुई पटक म्याद थप्दा समेत काम समयमै सम्पन्न हुन सकेको छैन । २०७८ सालमा ११ करोड ५१ लाखको लागतमा ठेक्का सम्झौता प्राप्त गरेको सिनर्जि सिङदेवी निर्माण सेवाले काम सुरु गरेको चार वर्ष बित्दा समेत ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

स्वास्थ्य सेवा विस्तार र पहुँच सुधार गर्ने उद्देश्यले सुरुआत गरिएको अस्पताल निमार्णको काम लामो समयदेखि अधुरै रहँदा स्थानीयवासी आवश्यक उपचार सुविधाबाट वञ्चित भइरहेका छन् । समयमै अस्पताल निमार्ण सम्पन्न नहुँदा गल्याङ क्षेत्रका हजारौँ जनताले आधारभूत स्वास्थ्य सेवाकै लागि टाढासम्म धाउनुपर्ने बाध्यता जस्ताको तस्तै रहेको छ ।

निर्माणमा भएको ढिलासुस्तीका कारण गल्याङ नगरपालिकाले बारम्बार ध्यानाकर्षण गराए पनि ठेकेदार कम्पनीले समयमा काम गर्न सकेको छैन । स्थानीयको स्वास्थ्य अधिकार सुरक्षित गर्न अस्पताल निर्माण हुन थालेपछि हर्षित बनेका स्थानीय बासिन्दा भवन निर्माणमा ढिलासुस्ती हुन थालेपछि सहज स्वास्थ्य सेवा पाउने आसा कतै निराशा बन्ने हो कि भन्ने चिन्ता सो क्षेत्रका नागरिकले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.