निर्वाचन हुँदैन की भनेर आशंका नगर्न काँग्रेसका पूर्व उपसभापति निधिको आग्रह

बारा – माओवादीले सबै हतियार फिर्ता नगर्दा पनि नेपालमा निर्वाचन भएकोले अहिले केही हतियार लुटिएको विषयलाई निर्वाचन हुँदैन की भनेर आशंका नगर्न नेपाली काँग्रेसका पूर्व उपसभापति बिमलेन्द्र  निधिले बताउनु भएको छ ।

यो निर्वाचन अरू भन्दा फरक रहेको बताउँदै निधिले संबिधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याउन पनि निर्वाचन आवश्यक भएको बताउनु भएको छ । सरकारको ध्यान हतियार नियन्त्रणमा लिन जाओस् सरकारसँग अपेक्षा छ । त्यसमा अल्झने कुरा हुँदैन निर्वाचनमा एक भएर होमिनुको विकल्प नभएको निधिले बताउनु भएको छ ।

नेपाली काँग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत बारा जिल्ला नेपाली काँग्रेस पार्टी कार्यालय बिपी भवनमा निधिले प्रमुख अतिथिकारुपमा सो कुरा बताउनु भएको हो ।

निधिको संसद् पुन स्थापनामा अल्झने भन्दा त्यो सर्वोच्च अदालतको विषय भएकोले अदालतको निर्णय अनुसार अघि बढ्नुको विकल्प छैन तर अहिले पुन स्थापना भन्दा निर्वाचनमा कसरी जाने भन्नेमा हुनु पर्छ निधिले बताउनु भएको छ ।

निधिले बारामा केही क्रियाशील सदस्यता क्रम संङ्ख्या नभएको फारम पठाउन नसक्ने भएकोले स्थगित गर्ने निधिले बताउनु भएको छ । निधिकै निर्देशनमा बारा जिल्ला नेपाली काँग्रेस एक ढिक्का भएर अघि बढ्ने सहमति भएको छ र फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा नेपाली काँग्रेस कसैसँग पनि गठबन्धन र सहकार्य गरेर नजाने एक्लै चुनाव लड्ने जानकारी गराएका छन् । योसँगै बारामा तीन क्षेत्रमा सक्रिय सदस्यता वितरण भएको छ भने १ नं।क्षेत्रमा भने क्रमसङ्ख्या नभएको फारममा विवाद देखिएको छ । काँग्रेस बाराका सभापति राजेश राय यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा नेपाली काँग्रेस सहमहामन्त्री फर्मुला मंसुर र उमाकान्त चौधरीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.