गण्डकी प्रदेशमा न्यायिक समितिमा मुद्दाको निवेदन

बागलुङ – गण्डकी प्रदेशमा गत असारसम्म न्यायिक समितिमा ११ हजार ९ सय २३ निवेदन दर्ता भएका छन् । गएको १ वर्षमा प्रदेश भित्र परेका निवेदन मध्ये ३३६ फैसला भएका छन् भने ८०५ मेलमिलाप र १३९४ फर्छ्यौट भएका छन् । गएको वर्ष ज्याला मजदुरी १०२, कुटपिट ९४, बाटो प्रयोग गर्न नदिएको ८५, अन्यको जग्गा विवाद ७८, पानी घाट ३८, घरेलु हिंसा २८, सार्वजनिक जग्गा विवाद २७, बालबालिका २२ अन्य ५८१ रहेका छन् ।

बागलुङमा भने १०३ दर्ता भएका छन् । आ.वा.०८१÷८२ मा बागलुङ नगरपालिका, न्यायिक समितिमा परेका निवेदन मध्ये मेलमिलाप ८, फैसला भएको ४, तामेलीमा रहेको ८, अदालत गएका २ छन् । जसमा साँध सिमाना ७, माना चामल खान लाउन ,शिक्षा ५, ज्येष्ठ नागरिक पालन पोषण १, सार्वजनिक जग्गा विवाद ३, कुटपिट १, आली धुर,पानी घाट उपयोग ४, ज्याला मजदुरी विवाद ४, बाटो प्रयोग गर्न नदिएको ३ घर भाडा २ आदी रहेका छन् ।

गण्डकी प्रदेशका ८५ वटै स्थानीय सरकारका न्यायिक समितिहरूको विवरण सहितको तथ्याङ्क गण्डकी प्रदेश न्यायिक समिति दर्पण २०८२ सोमबार विमोचन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.