सुख्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि
पछिल्लो दुई महिनामा आगलागीमा परी १७ जनाको मृत्यु

काठमाडौँ – सुख्खायाम सुरु भएसँगै आगलागीका घटना बढ्न थालेका छन् । जसमा सबैभन्दा बढी मधेश प्रदेश प्रभावित हुने गरेको छ । बैशाखदेखि मंसिरसम्ममा २ हजार १ सय ४० वटा आगलागीका घटना भएका छन् ।
कार्तिक र मङ्सिर महिनामा मात्र आगलागीका कारण १७ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखदेखि मंसिर मसान्तको अविधमा २ हजार १ सय ४० वटा आगलागिका घटनाहरु भएका छन् । जसमध्ये सबैभन्दा बढी मधेश प्रदेशमा ५ सय २४ वटा र सबै भन्दा कम कर्णाली प्रदेशमा ११८ आगलागिका घटना दर्ता भएका छन् ।
यी घटनाहरुमा ज्यान गुमाउने र घाइते हुनेहरुमा महिलाहरुको संख्या बढि छ। घरभित्रको काम र ग्यास हिटर संगको निकटताका कारण महिलाहरु आगलागिको उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्