संघका अध्यक्ष दाहाललाई मातृशोक

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपालप्रसाद दाहाललाई मातृशोक परेको छ ।
दाहालकी आमा इन्दिरा देवी दाहालको ८६ वर्षको उमेरमा आज निधन भएको हो ।
लामो समयदेखि दम लगायत स्वास-प्रश्वास सम्बन्धि रोगबाट पीडित दाहालको उपचारकै क्रममा आज निधन भएको हो ।
स्वर्गीय दाहालका ४ जना छोरा र २ जना छोरीहरु हुनुहुन्छ ।
उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्