उपमहासचिवमा लेखराज, रघुविर र योगेश विजयी

काठमाडौँ- नेकपा एमालेको उप-महासचिव पदमा लेखराज भट्ट, रघुविर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ।
उप-महासचिवमा भट्टले १४५२, महासेठले १३६८ र भट्टराईले १३४८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उप-महासचिव पदका लागि ६ जना उमेद्वार प्रतिश्पर्धामा थिए ।
ती मध्ये अध्यक्ष ओली प्यानलका विष्णुप्रसाद रिमाल भने पराजित हुनुभयो । उपमहासचिवमा ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई विजयी हुनुभएको हो ।।






प्रतिक्रिया राख्नुहोस्