रुकुमको भेरीडाँडामा ट्याक्टर दुर्घटना

रुकुमपूर्व- रुकुम पूर्वमा ट्याक्टर दुर्घटना भएको छ ।
जिल्लाको भूमे गाउँपालिकाको वडा नम्बर ९ को भेरीडाँडामा ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो रा १ त ४७१८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।
ट्रली जोड्ने क्रममा अचानक ब्रेक नलागेपछि सन्तुलन गुमेर ट्याक्टर करिब ६० मिटर तल खसेको बताइएको छ । ट्याक्टर चालक सल्यानको शारदा नगरपालिका १४ का ३१ वर्षीय अर्जुन भण्डारी भने सकुशल छन ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी लालबहादुर विकका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्