मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने बताउनुभएको छ ।
तेरापन्थ महिला मण्डलद्वारा आज यहाँ आयोजित घरेलु प्रदर्शनीको उद्घाटन गर्दै उहाँले कोभिड महामारीपछि मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन राज्य तथा सबै उद्यमी–व्यवसायी काँधकाँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सरकारले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन जोड दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले नेपाल र नेपालीको आयस्तर वृद्धिका लागि सरकारले धार्मिक, साहसिक पर्यटन, सूचना प्रविधि, कृषिको आधुनिकीकरण र स्वास्थ्य क्षेत्रमा विशेष खुकुलो नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
मण्डलकी अध्यक्ष मिलन नौलखाले महिला श्रमिकले देशको आर्थिक विकासमा योगदान गरेका बताउनुभयो । एकदिने प्रदर्शनीमा ३२ कक्षमा घरेलु उत्पादन राखिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्